कम्प्युटरलाई सुरक्षित कसरी राख्ने ?

कम्प्युटरलाई सुरक्षित कसरी राख्ने ?

कम्प्युटरलाई सुरक्षित कसरी राख्ने ?

कम्प्युटरको प्रयोगले मानव जिवनलाई सहज मात्र बनाएको छैन समयको वचत तथा कार्यविधिलाई सजिलो र व्यवश्थित पनि बनाईदिएको छ । तर यहि चिजलाई सुरक्षित राख्न नसकिएको खण्डमा ठूलो दुर्घटना समेत निम्त्याउंदछ । यसलाई सुरक्षित राख्ने केहि उपायहरुको चर्चा गरिएको छ ।

महत्वपूर्ण सफ्टवेयरको अटोमेटिक अपडेट र सुरक्षित मर्मत गर्ने
कम्प्युटरमा कुनैपनि प्रोग्राम एकपटक राख्दैमा सो पूर्ण हुंदैन । समयानुसार यसमा रहे भएका कमी कमजोरीलाई हटाउन तथा नयां नयां फिचर्सहरु थप गरी उक्त प्रोग्राम बनाउने कम्पनीहरुले निशुल्क रुपमा अपडेट गर्ने सुबिधा दिएका हुन्छन । यसको लागि तपाईंले त्यस्ता प्रोग्रामहरुको नियमित अपडेट र सुरक्षित मर्मत गर्नुपर्ने हुन्छ । तर बिर्सनु नहुने कुरा के छ भने त्यस्ता अपडेटहरु अनलाईन मार्फत हुने हुंदा तपाईंको कम्प्युटरमा इन्टरनेट जोडिएको हुनु पर्नेछ । साथै त्यस किसिमका अपडेटहरु कुनै एक निश्चित समयमा अटोमेटिक रुपमा हुने गरी सेटिङ् मिलाउन सकिन्छ ।

राम्रो र विश्वासिलो एन्टिभाईरस प्रोग्राम राख्ने
भाइरसबाट कम्प्युटरलाई जोगाउनको लागि विभिन्न कम्पनिहरूले विभिन्न एन्टिभाइरस सफ्टवेयरहरुको निर्माण गरेका छन् । यी मध्ये कुनै समयमा कुनै एक प्रकारका बढी प्रचलनमा रहेका हुन्छन भने अर्को समयमा अरु नै रहेका हुन्छन । हाल बजारमा पाईने निम्नानुसार एन्टिभाइरस सफ्टवेयर बढी मात्रामा प्रचलनमा रहेका छन् । कुनै एक एन्टिभाइरस प्रोग्रामलाई एकपटक इन्स्टल गरी सकेपछि नियमित रुपमा अपडेट गर्नु पनि उत्तिकै जरुरी हुन्छ ।

केही प्रचलित एन्टिभाइरस प्रोग्रामहरूः
– बिट डिफेन्डर
– एभिजि
– कास्परस्की
– K7
– नर्टन आदि ।

महत्वपूर्ण फाईल तथा फोल्डरको ब्याकअप बनाई राख्ने
कम्प्युटर एक मानव निर्मित उपकरण भएको हुंदा सधैं सुरक्षित र भरपर्दो हुन्छ भन्ने कुनै ग्यारेन्टी हुंदैन । तसर्थ आफ्ना कुनै महत्वपूर्ण फाईल तथा फोल्डरहरुलाई ब्याकअप बनाई राख्नु बुद्दिमानि हुन्छ । ब्याकअपको लागि बाह्य हार्डडिस्क, पेन ड्राईभ÷मेमोरी चिप्स या सिडि÷डिभिडिको प्रयोग गर्न सकिन्छ ।

कुनैपनि प्रोग्राम डाउनलोड तथा इन्स्टल गर्दा बिचार गर्ने
इन्टरनेट बाट निशुल्क रुपमा प्राप्त हुने या गैह्रकानुनी ढंगबाट कपि गरिएका प्रोग्रामका सिडि बाट कुनैपनि प्रोग्राम इन्स्टल गर्नुभन्दा पहिले धेरै नै बिचार पुर्याउनु पर्ने हुन्छ । कम्प्युटरमा भाइरस आउने प्रमुख कारण यहि हो । कुनैपनि प्रोग्राम डाउनलोड गर्दा उक्त प्रोग्राम प्रदान गर्ने संस्था कत्तिको विश्वासिलो र भरपर्दो छ बुझेर मात्र गर्नु पर्दछ ।

छुट्टै युजर अकाउन्ट र बलियो पासवर्ड राख्ने
यदि तपाईंको कम्प्युटर एक भन्दा बढी व्यक्तिले प्रयोग गर्नुहुन्छ भने आ—आफ्नो छुट्टा छुट्टै अकाउण्ट बनाइ प्रयोग गर्नुहोस साथमा बलियो पासवर्ड राख्नुहोस ताकि एकले अर्काको पासवर्ड गेस गर्न नसकोस् । यसरी छुट्टा छुट्टै अकाउण्ट बनाउंदा सार्वजनिक फोल्डर बाहेकका स्थानहरु गोप्य रहनेछन ।

फायरवाल प्रोग्रामको प्रयोग गर्ने
फायरवाल भनेको तपाईंको कम्प्युटरमा इन्टरनेट मार्फत हुन सक्ने गै्रहकानुनी प्रवेश तथा गलत प्रोग्रामहरुलाई रोक्न बनाईएका प्रोग्रामहरु हुन । यिनीहरु प्राय कम्प्युटरमा इन्स्टल गरिएका अपरेटिङ सिस्टम संगै आएका हुन्छन तर यिनलाई एक्टिभ या अन गर्न भने विर्सनु हुंदैन । यसले तपाईंको कम्प्युटर ह्याक हुन बाट बचाउंदछ ।

हार्डवेयर फायरवालको प्रयोग गर्ने
फायरवालको अर्थ कम्प्युटर प्रोग्राम मार्फत गरिने सुरक्षा मात्र नभएर हार्डवेयरमा पनि फायरवालको सुरक्षा थप्न सकिन्छ । यसको लागि कम्प्युटरलाई भौतिक रुपले सुरक्षित गर्नु र फायरवाल राउटरको प्रयोग गरी इन्टरनेट मार्फत हुन सक्ने अवैधानिक प्रवेश लाई रोक्नु हो ।

अपरिचित व्यक्ति बाट आएका इमेल र सो स“ग आएका अट्याचमेन्ट बिचार गरेर मात्र खोल्ने
अहिलेको विश्वमा कम्प्युटर प्रयोगमा सबैभन्दा खतरा ईमेल बाट हुने गरेको तथ्य पाईएको छ । इमेलबाट भाइरस प्रवेश गर्ने मात्र नभएर विविध तपाईंलाई लोभ्याउने किसिमका इमेलहरु आउन सक्छन । यस्ता इमेल र सो संग अट्याच भएर आएका कुनैपनि लिंकहरु जथाभावि खोल्ने र डाउनलोड गर्नु हुंदैन । अपरिचित व्यक्तिबाट आएका कुनैपनि इमेल खोल्दै नखोलि मेट्नु बुद्दिमानि हुन्छ ।

पासवर्ड सहितको स्क्रिन सेभर राख्ने
स्क्रिन सेभरको प्रयोगले तपाईंको कम्प्युटर सिस्टममा हुने विजुलीको खपत कम हुने मात्र नभइ तपाईंको कम्प्युटरलाई सुरक्षा समेत प्रदान गर्दछ । तर स्क्रिन सेभर राख्दा पासवर्डको प्रयोग गर्न भने कहिले भुल्नु हुंदैन । यसले जब तपाईं कम्प्युटर प्रयोग गर्न छोडि केहि समयको लागि बाहिर जानुहुन्छ तत्पश्चात स्क्रिन सेभर एक्टिभ हुनजान्छ र तपाईं बाहेक अरु कसैले पनि विना पासवर्ड तपाईंको सिस्टम प्रयोग गर्न सक्ने छैनन ।

जासुस पत्ता लगाउने सफ्टवेयर इन्स्टल गर्ने
गलत नियत राखि तपाईंको कम्प्युटर सिस्टममा प्रवेश गर्न खोज्ने कुनैपनि अवैधानिक प्रोग्राम या व्यक्तिबाट रोक लगाउन एन्टि स्पाइवेयर सफ्टवेयर इन्स्टल गर्नु पर्दछ । यसले तपाईंको कम्प्युटर सिस्टमलाई नजिक बाट नियालिरहेको र हेरविचार गरिरहेको हुन्छ ।
ड्ड घरबाट गरिने अनलाईन कार्यको लागि युजर लेभल अकाउण्टको प्रयोग गर्ने
घरको कम्प्युटरबाट गरिने अनलाईन कामहरु तथा इन्टरनेटको प्रयोगको लागि लिमिटेड युजर अकाउण्ट बनाई प्रयोग गर्नुहोस् । एडमिनिस्ट्रेटिभ अकाउण्टबाट यस्तो कार्य भुलेर पनि नगर्नुहोस् नत्र ह्याकरलाई तपाईंको कम्प्युटरमा प्रवेश गर्न सहज हुनेछ ।

फाईल इन्क्रिप्सन प्रोग्रामको प्रयोग गर्ने
कम्प्युटरमा रहेका अत्यन्त गोप्य र महत्वपूर्ण फाईलहरुलाई इन्क्रिप्ट गरी राख्ने । इन्क्रिप्टको अर्थ फाईललाई अरुनै कोडमा परिवर्तन गरेर राख्ने र आफुले चाहेको बेला पुनः पहिलाकै फम्यार्ट ल्याई प्रयोग गर्ने । इन्टरनेटमा गई बेस्ट फ्रि ईन्क्रिप्सन प्रोग्राम भनेर त्यस्ता प्रोग्रामहरु सजिलै स“ग खोज्न सकिन्छ ।
ड्ड सुरक्षित नेटवर्क कनेक्सनको प्रयोग गर्ने (वेब ब्राउजरलाई सुरक्षित राख्ने)
इन्टरनेटमा उपलब्ध हुने प्रायः लोकप्रिय साईटहरुले सुरक्षित कनेक्सन (एचटीटीपिएस) को प्रयोग गर्ने सुविधा दिएका हुन्छन् । भरसक त्यस्ता वेबसाईटको प्रयोग गर्दा उक्त अप्सनहरुलाई एक्टिभ गरी प्रयोग गर्नु उचित हुन्छ । जस्तो फेसबुकको सेक्युरिटि अन्तर्गतको सेक्युअर ब्राउजिङ अप्सनको एक्टिभ गर्ने, जिमेल प्रयोग गर्दा गियरको आईकनमा क्लिक गरी अलवेज युज एचटीटीपिएस आदि आदि ।

पुराना डाटा तथा अस्थायी फाईलहरु नष्ट गर्ने
कुनैपनि प्रोग्राम तथा फाईलहरु इन्टरनेटबाट डाउनलोड गर्ने क्रममा तपाईंको कम्प्युटरमा अस्थायी फाईलहरु स्टोर भई बसेका हुन्छन र तिनीहरुको कुनै काम हुंदैन केवल मेमोरी ओगटेर बसेका हुन्छन साथै धेरै पुराना फाईलहरु बेला बेलामा कम्प्युटरबाट हटाउनु उचित मानिन्छ । यसको लागि डिस्क क्लिनअपको सहायता लिन सकिनेछ ।

सिस्टम डकुमेन्टेशन बनाई राख्ने ।
कम्प्युटर किने देखि प्रयोग गर्ने क्रमका सम्पूर्ण गतिविधिहरु डकुमेन्ट बनाई राख्नु पर्दछ जस्तो कुन अपरेटिड्ड सिस्टम, के के ड्राईभर तथा कुन कुन वाह्य डिभाइसहरु इन्स्टल गरिएका छन सो को रेकर्ड राख्नुपर्दछ । पछि कथमकदाचित तपाईंको सिस्टम फम्र्याट गर्नु परेको खण्डमा सोहि डकुमेन्टको आधारमा गरिएमा कुनै समस्याहरु आउने छैनन ।

Contact

Call Me

+977 9803066701 (Primary; WhatsApp/Viber)
+977 9843067142 (In case of Emergency only)

Email Me

hemanta.baral@gmail.com

Address

Kathmandu, NEPAL