कम्प्युटर कक्षभित्र जुत्ता चप्पल तथा धुम्रपान निषेध किन ?

कम्प्युटर कक्षभित्र जुत्ता चप्पल तथा धुम्रपान निषेध किन ?

कम्प्युटर कक्षभित्र जुत्ता चप्पल तथा धुम्रपान निषेध किन ?

यसै सन्दर्भमा सर्वप्रथम एउटा प्रसंग जोड्न चाहन्छु । कुरा त्यतिबेलाको हो जतिबेला म २०४९ सालमापहिलो पटक कम्प्युटर सिक्न भनेर एक ईन्स्टिच्युटमा गएको थिएं । पुग्नासाथ सरले मलाई तीन कोठा अगावै जुत्ता चप्पल खोल्न आग्रह गर्नुभयो । सरको आज्ञा बमोजिम म जुत्ता खोलि भित्र पसे । पुनः कोठामा ठूला ठूला अक्षरमा धुम्रपान निषेध लेखिएको थियो । मलाई यी दुवै कुरामा जिज्ञासा लाग्यो र सरसंग कारण सोधें । सरले सहजै मलाई धुलो र धुवा“ले कम्प्युटरमा भाईरस लाग्छ अनि कम्प्युटर बिग्रन्छ भन्नुभयो । मैले त्यहिबेला प्रथम पटक कम्प्युटरमा पनि भाईरस लाग्दो रहेछ भनेर थाहा पाएं । त्यो बेला त्यसरी नै उक्त ईन्स्टिच्युटबाट केही कोर्सहरु पुरा गरें ।


जव पछि कलेजमा कम्प्युटर साईन्स विषय पढ्न थाले एकदिन सरले कम्प्युटर भाईरस सम्बन्धि पाठ पढाउने हुनु भयो, म उत्सुक भएं । जव सरले कम्प्युटर भाईरस भनेको कुनै धुलो र धुंवाबाट सर्ने रोग नभई यो त एक प्रकारको कम्प्युटर कै प्रोग्राम हो भन्नुभयो तब म अलमल्लमा परें । म मनमनै सोच्न थालें त्यसोभए पहिला कम्प्युटर सिक्दा सरले भन्नुभएको कुरा गलत हो त ? त्यसपछि कलेजको सर कै कुरामा विश्वास गरी कम्प्युटर भाईरसको परिभाषा परिवर्तन गरें ।


तर जब कलेज पछि यस कम्प्युटर प्रोफेशनमा लागें तब मात्र मैले पहिला कम्प्युटर सरले भनेका कुराको वास्तविकता पत्ता लगाउन सक्षम भएं । वास्तविक कुरा के रहेछ भने कम्प्युटर सिस्टम संग सम्वन्धित सम्पूर्ण सामानहरु जस्तै मदरबोर्ड, हार्डडिस्क, मेमोरी, सिपियु, प्रिन्टर, मोनिटर आदि खुला रुपमा फिटिङ गरिएका हुन्छन, जसमा मसिना मसिना सर्किट हरु सामानान्तर रुपमा कोटेड गरिएका हुन्छन । जब जुत्ता चप्पल लगाएर कम्प्युटर कक्षमा प्रवेश गरिन्छ तब सिपियु मा रहेको कुलर पंखा ले धुलोका कणहरुलाई भित्र तान्दछ र यत्रतत्र टांसिएर रहन्छन । त्यसपछि वायुमा रहेको पानीको मात्रा जसलाई आद्रता भनिन्छ । ती दुवै चिजको समिश्रण भई हिलो अर्थात लेउ बन्दछ र ती मसिना सर्किट हरुको बीचमा गई टांसिन पुग्दछ, जसको फल स्वरुप सर्ट सर्किट भई कम्प्युटरका पार्टपुर्जा जल्ने सम्भावना रहन्छ ।


त्यस्तै कम्प्युटर कक्षमा धुम्रपान निषेध लेखिनुको कारण चुरोटको धुवांमा कार्बनको मात्रा रहन्छ र जतिपनि कम्प्युटरका मेमोरी डिभाईसहरु हुन्छन ती म्याग्नेटिक मेटेरियल बाट बनेका हुन्छन, जसलाई कार्बनले प्रत्यक्ष रुपले असर पार्ने भएका हुंदा चांडै बिग्रन्छन । तसर्थ कृपया कम्प्युटर कक्षभित्र जुत्ता चप्पल लगाएर नजानु होला तथा धुम्रपान लाई कक्ष बाहिरै सिमित राख्नुहोला ।

Contact

Call Me

+977 9803066701 (Primary; WhatsApp/Viber)
+977 9843067142 (In case of Emergency only)

Email Me

hemanta.baral@gmail.com

Address

Kathmandu, NEPAL